पोखरा: जलिरहेको क्षेत्रीलाई बचाउने क्रममा घाइते भएकी सापकोटाको मृत्यु
पाेखरा | माघ १६, २०७९
पोखरा: पोखरामा आत्मदाह गर्ने एक व्यक्तिलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा १३, काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।
अस्पतालका अनुसार सङ्गीताको शरीरको करिब ८० प्रतिशत भाग जलेको थियो । उहाँको उपचारकै क्रममा राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्टेशनरी पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्री पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दैगर्दा उहाँलाई उद्धार गर्ने क्रममा सङ्गीता जलेर गम्भीर घाइते हुनुभएको थियो ।
घाइते कृष्णको उपचार भइरहेको छ । घाइते कृष्णबहादुर खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराको १२५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ । समारेहको पोखरा महानगरपालिका ...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताउनुभएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखि सुरु एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा ...
काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...

